दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माणको काम चाँडै सुरु हुन्छ : लेखक

प्रकाशित:

कञ्चनपुर। महाकाली पुल आयोजना भीमदत्त र दोधारा चाँदनीलाई जोड्न मात्र नभएर नेपाल, भारत र चिनलाई जोड्ने र कञ्चनपुरलाई केन्द्र बनाउने किसिमले अघि बढेको गृहमन्त्री रमेश लेखकले बताएका छन्।

सरकारले समयमै बलियो संरचना बनाएर बाढीबाट आयोजना र मानवबस्तीमा हुने क्षतिलाई रोक्न काम गर्ने उनले बताए। गृहमन्त्री लेखक र भौतिक पूर्वाधार तथा यातायात मन्त्री देबेन्द्र दाहालसहित प्राविधिक टोलीले शनिबार महाकाली पुल आयोजनाको स्थलग अनुगमन गरेको थियो।

‘धेरै लामो समय भइसक्यो, कामले पूर्णता पाएको छैन। केही काम अझै बाँकी छ। बर्खाको बाढीले बाँधमा नोक्सान हुने खतरा छ,’ उनले भने, ‘बाढीले पुल योजना र महाकाली बस्ती पसेर जनधन क्षति हुने हुनाले यसलाई समयमै बनाएर क्षति हुन नदिन बलियो संरचना बनाउन सरकारले काम गर्छ।’

दोधारा चाँदनीमा चाँडै सुख्खा बन्दरगाह निर्माणको काम अघि बढ्ने मन्त्री लेखकले बताए। उनका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र इन्टरमोडलबीच रुख काट्ने सम्झौता भइसकेको छ। दुई तीन महिनाभित्र सुख्खा बन्दरगाह निर्माणको काम अघि बढ्ने उनको दाबी छ।

‘जग्गा बापत वन मन्त्रालयलाई सरकारले दिनुपर्ने बजेट दिइसकेको छ। रुख कटानको काम अन्तिम चरणमा पुगेको ,’ उनले भने, ‘अबको केही समयपछि रुख कटान गरेर ड्राइपोर्टलाई चाहिने जग्गा खाली गर्छौ। भारतले चाँडै टेन्डर गरेर काम अगाडि बढाउने कुरा गरेको छ। दुई तीन महिनाभित्र यो काम प्रारम्भ गर्छौ।’

महाकाली करिडोर पूर्णता र मझगाउँ विमानस्थल सञ्चालनका प्रयत्न जारी रहेको उनले बताए।

ताजा समाचार

सम्बन्धित समाचार