मदिरा सेवन गरेर जब श्रीमानले श्रीमतीको छातीमै गोली प्रहार गरे…

प्रकाशित:

महेन्द्रनगर । डडेल्धुरामा एक पुरुषले श्रीमतीको गोली हानेर हत्या गरेका छन् । सोमबार अमगरढी नगरपालिका–३ पथरोडा बस्ने ३२ बर्षिया डम्बर थापा (मगर)ले गोली हानेर श्रीमतीको हत्या गरेका हुन ।

मादक पदार्थ सेवन गरेर डम्बरले २४ बर्षिया श्रीमती अस्मिता थापा(मगर)लाई भरुवा बन्दुकले गोली हानेर हत्या गरेका हुन ।

रक्सीको झोकमा डम्बरले सिधै श्रीमतीको छातीमै गोली प्रहार गरेको डडेल्धुरा प्रहरीले जनाएको छ । श्रीमानको गोली प्रहारबाट अस्मिता ठाँउमै डलेकी थिईन । प्रहरीले भरुवा बन्दुक सहित डम्बरलाई नियन्त्रणमा लिएर कार्बाही गरेको छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार