ब्राउन सुगर बोकेर मोटरसाइकलमा हुँकिएका भीमदत्त नगरका ३ युवक पक्राउ

प्रकाशित:

कञ्चनपुर। कैलालीको धनगढी उपमहानगरपालिका–९ मा लागुऔषधसहित कञ्चनपुरका तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१० का २६ वर्षीय तपेन्द्र पाली, भीमदत्त नगरपालिका–९ का २५ वर्षीय महेश ओड र भीमदत्त नगरपालिका–१८ का २७ वर्षीय नवल बोहरा रहेका छन्।

लीले चलाएको सु.प.प्र.०२–००३ प ५२०६ नम्बरको मोटरसाइकललाई शंका लागेर जाँच गर्दा मोटरसाइकल पछाडि बसेका ओड र बोहराको साथबाट १ ग्राम ९१० मिलिग्राम लागुऔषध खैरो हेरोइन बरामद गरिएको हो।

जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार तीनै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।

ताजा समाचार

सम्बन्धित समाचार