कैलालीमा प्रहरीले थाल्यो गाडामा स्टिकर टाँस्ने अभियान

प्रकाशित:

धनगढी। कैलालीमा गोरु गाडा (डल्लप)लगायत सवारी साधनमा ठोक्किएर सडक दुर्घटना बढेपछि ट्राफिक प्रहरीले रिफ्लेक्ट स्टिकर टाँस्ने अभियान थालेको छ ।

हिउँदको समयमा लाग्ने कुहिरोले हुने कम भिजिबिलिटीबाट हुने दुर्घटना जोखिम न्यूनीकरण गर्न प्रहरीले सवारी साधनमा रिफ्लेक्ट स्टिकर टाँस्ने अभियान थालेको हो ।

प्रहरीले सडक सुरक्षा कार्यक्रम अन्तरगत अस्थायी ट्राफिक प्रहरी पोस्ट हसुलिया र सत्तीमार्फत ग्रामीण भेगमा स्टिकर टाँस्ने अभियान थालेको हो ।

अस्थायी ट्राफिक प्रहरी पोस्ट हसुलियाका प्रहरी सहायक हवल्दार जगदिश बोहराले ग्रामीण भेगमा डल्लपलगायत सवारी साधनहरूमा ठोक्किएर हुने दुर्घटना बढेपछि अभियान थालेको बताए । अभियानलाई गाउँ गाउँमा पुर्‍याउने उनको भनाइ छ ।

गाउँघरमा अधिकांश सडक दुर्घटना गोरु गाडामा अन्य सवारी साधन ठोक्किएर हुने बताउँदै उनले एक महिना अगाडि मात्रै रातिको समयमा मोटरसाइकलले गोरु गाडामा ठोक्किएर कैलारी गाउँपालिका १ मनाउ आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख कमलेस चौधरीको ज्यान गएको सुनाए।

ताजा समाचार

सम्बन्धित समाचार