कञ्चनपुर। कैलालीको धनगढी उपमहानगरपालिका–२ भन्सार कार्यालय नजिकबाट लागुऔषध सहित एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ का ३४ वर्षीय मोहन राना रहेका छन्।
रानाले चलाइरहेको से १ प ६८५९ नम्बरको मोटरसाइकलको हेण्डलभित्र लुकाएको अवस्थामा ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।
प्रहरका अनुसार उनको साथबाट ६ ग्राम १८० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको थियो।