कञ्चनपुर। कञ्चनपुरमा १ लाख ४ हजार ९ सय ६० रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको छ।
भीमदत्त नगरपालिका–११ भन्सार कार्यालय नजिकबाट अवैध रुपमा भारतबाट भन्सार छलिगरि ल्याइएका चिनी, मिश्री, मटर, खाने तेल, किराना, हाडवेयर लगायत समान बरामद गरिएको प्रहरीले जनाएको छ।