कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–६ ऐठपुरमा श्रीयस तरुण सार्थक गारमेन्ट उद्योग सञ्चालनमा आएको छ। शुक्रबार एक कार्यक्रमकाबिच उद्योगको उद्धघाटन गरिएको छ।
नेपाली सेनामा समेत कार्यरत रहेको युवा उद्यमी भरत जोशीले गारमेन्ट उद्योग सञ्चालनमा ल्याएका हुन्। उद्योगको वडाध्यक्ष प्रकाश बहादुर चन्दले उद्धघाटन गरे ।
करिब ३० लाख बढी लगानीमा स्थापना गरिएको उद्योगमा १० जना बढीलाई प्रत्यक्ष रोजगारी दिइने सञ्चालक जोशीले बताए । उनका अनुसार देशमै रोजगारीको अवसर सिर्जनाका लागि गारमेन्ट उद्योग सञ्चालनमा ल्याइएको हो ।
उद्योगमा विद्यार्थी तथा खेलाडीका डे«स, अफिस युनिफर्म लगायत सबै किसिमको तयारी लुगा कपडा तयार गरिने उनको भनाई छ । साथै उनले युवा व्यवसाय प्रवद्र्धनका लागि सबैको सहयोग आवश्यक रहेको समेत उल्लेख गरे ।
उद्योगको उद्धघाटन गदैँ वडाध्यक्ष चन्दले उद्योग स्थानपनाले स्थानीय स्तरमा रोजगारीका अवसर सिर्जना हुने बताए।
उनले औद्योगीक क्षेत्रको विकासका लागि वडाले आवश्यक जनशक्ती उत्पादन गर्न आवश्यक सिप मुलक तालिमको सञ्चालन गर्ने योजना रहेको बताए । साथै उनले युवाहरुलाई स्वउद्यमका लागि यसले प्रेरणा समेत प्रदान गर्ने बताए ।