कञ्चनपुर। कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ बेलकुण्डीमा अवैध काठ बरामद गरिएको छ।

स्थानीय दुखीराम रानाले घरभित्र लुकाएर राखेको अवस्थामा २१.१५ क्युफिट काठ बरामद गरिएको हो।

इलाका प्रहरी कार्यालय गुलरिया कञ्चनपुर, सव डिभिजन वन कार्यालय बाणी र हरियाली सामुदायिक वन गुलरियाको संयुक्त टोलीले अवैध काठ नियन्त्रणमा लिएर हरियाली सामुदायिक वन गुलरिया कञ्चनपुरलाई बुझाएको छ।
