काठमाडौंबाट धनगढी आइरहेको बस बाँकेमा दुर्घटनाग्रस्त

प्रकाशित:

महेन्द्रनगर ।  काठमाडौंबाट धनगढी आउँदै गरेको बस सोमबार बिहान बाँकेको राप्ती सोनारी गाउँपालिका–८ स्थित मगुवा क्षेत्रमा दुर्घटना भएको छ। बसले विपरीत दिशाबाट आउँदै गरेको ट्रकलाई जोगाउन खोज्दा रुखमा ठोक्किएर दुर्घटनामा परेको हो। दुर्घटनामा दुई जना घाइते भएका छन्, जसलाई कोहलपुरस्थित मेडिकल कलेजमा उपचारका लागि पठाइएको छ।

दुर्घटनामा परेका बसको नम्बर सु.प.प ०१–००१ ख ३६४४ रहेको र चालक ३६ वर्षीय रामबहादुर डाँगीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनापछि इलाका प्रहरी कार्यालय कोहलपुरबाट प्रहरी निरीक्षक राजकुमार भट्टको नेतृत्वमा ९ जनाको टोली घटनास्थलमा पुगेको थियो।

ताजा समाचार

सम्बन्धित समाचार