काठमाडौंबाट धनगढी आउँदै गरेको बस बाँकेमा दुर्घटनाग्रस्त, दुई घाइते

प्रकाशित:

काठमाडौं। काठमाडौंबाट धनगढी आउँदै गरेको बस सोमबार बिहान बाँकेमा दुर्घटना भएको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–८, मगुवा क्षेत्रमा काठमाडौंबाट धनगढी तर्फ आउँदै गरेको सु.प.प ०१–००१ ख ३६४४ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको ट्रकलाई जोगाउन खोज्दा रुखमा ठोक्किएको थियो। दुर्घटनामा दुई जना सामान्य घाइते भएका छन्, जसलाई उपचारको लागि कोहलपुर स्थित मेडिकल कलेज लैजानुभएको छ।

बसको चालक ३६ वर्षीय रामबहादुर डाँगी, जो कैलालीको गोदावरी नगरपालिका–१ का निवासी हुन्, प्रहरीको नियन्त्रणमा रहेका छन्। घटना पछि इलाका प्रहरी कार्यालय कोहलपुरबाट प्रहरी निरीक्षक राजकुमार भट्टको नेतृत्वमा ९ जनाको टोली घटनास्थलमा पुगेको थियो।

ताजा समाचार

सम्बन्धित समाचार