कञ्चनपुर। बाजुरामा स्वास्थ्य चौधीको भवनमा आगलागी भएको छ।

हिमाली गाउँपालिका–५ को रुगिन स्वास्थ्य चौकीको भवनमा बिजुलीको तार सर्ट भएर आगलागी भएको हो।

आगलागीबाट स्वास्थ्य चौकी भवन, औषधी, मेसिन, दराज, कागज पत्र लगायतका सामानहरु एक करोड ८० लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

नेपाली सेना र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।