कञ्चनपुरमा ३ लाख ८ हजारको अवैध सामान बरामद

प्रकाशित:

कञ्चनपुर। कञ्चनपुरमा ३ लाख ८ हजारको अवैध सामान बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार भीमदत्त नगरपालिका–१० गज्जर, जिमुवा, भीमदत्त–११ भुजेला र पुनर्वास नगरपालिका–७ च गाउँबाट उक्त रकम बराबरको अवैध सामान बरामद गरिएको हो।

चिनी, मिश्री, सुर्ती, पेय पदार्थ, प्लाष्टिक झिल्ली, बोईलर कुखुरा, बिजुलीका सामान, हाडबेयर, किराना लगायत सामान बरामद गरिएको प्रहरीले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार