ट्वाइलेटमा लडेर ५ वर्षीया बालिकाको मृत्यु

प्रकाशित:

काठमाडौं। मकवानपुरको हेटौंडामा ट्वाइलेटमा लडेर एक बालिकाको मृत्यु भएको छ ।

हेटौंडा उपमहानगरपालिका-५ सिँचाइटोलमा बुवासँगै डेरामा बस्ने महोत्तरी एकडाँडा गाउँपालिका-३ अजमरपटीकी पाँच वर्षीया बालिका सिरिशाकुमारी मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सिरिशा शुक्रबार राति साढे ९ बजे ट्वाइलेट गएकी थिइन् । उनी ट्वाइलेटमा लडेपछि टाउकोमा चोट लागेको थियो । राति नै हेटौडा अस्पताल पुर्‍याइए पिन चिकित्सकले मृत घोषणा गरेका थिए ।

शव हेटौंटा अस्पतालमै राखिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार