पदभार ग्रहण समारोहबाटै हत्या आरोपमा पक्राउ परे नवनिर्वाचित वडाध्यक्ष

प्रकाशित:

काठमाडौँ। पदभार ग्रहण समारोहस्थलबाटै पक्राउ परेका सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ का नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साहलाई प्रहरीले आज (शुक्रबार) सार्वजनिक गर्दै छ।

यही मंसिर १६ गते भएको स्थानीय तहको उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट वडाध्यक्षमा विजयी साहलाई प्रहरीले बिहीबार पदभार ग्रहण समारोहबाटै पक्राउ गरेको थियो।

हत्या मुद्दामा उनलाई प्रहरीले पक्राउ गरेको हो। ‘उनलाई आज हामी पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरिरहेका छौँ’, सप्तरी जिल्ला प्रहरी कार्यालयका पमुख, एसपी ढकेन्द्र खतिवडाले भने, ‘घटनाको विस्तृत विवरण हामी पत्रकार सम्मेलनमै दिनेछौँ।’

वडाध्यक्ष साह हाल इलाका प्रहरी कार्यालय कल्याणपुरको हिरासतमा रहेको प्रहरीले जानकारी दिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार