कञ्चनपुर। कैलालीमा स्कुलको बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा जोशीपुर गाउँपालिका–७ का ३० वर्षीय एकतन चौधरी छन्।

लम्कीचुहा नगरपालिका–१० चुहामा स्थानीय सनराइज स्कुलको मप.०३–००१ क २९४१ नम्बरको सनराइज स्कुलको बसले से ३ प ४७९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते चौधरीको उपचारको क्रममा टीकापुर अस्पतालमा बुधबार राति मृत्यु भएको हो।
मोटरसाइकलको पछाडि सवार लम्कीचुहा नगरपालिका–६ पिपरकोटीका २४ वर्षीय विक्रम चौधरी घाइते छन्।
बस चालक घोडाघोडी नगरपालिका–२ का ४० वर्षीय भागिराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।