कञ्चनपुरमा समातियो ३ लाख २१ हजारको अवैध सामान

प्रकाशित:

कञ्चनपुर। कञ्चनपुरमा ३ लाख २१ हजार ६२१ रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको छ।

भीमदत्त नगरपालिका–१०, भीमदत्त नगरपालिका–११ भुजेला, दोधारा चाँदनी–४ झोलुङगे र बेलौरी–२ खैरेनीबाट अवैध सामान बरामद गरिएको हो।

अवैध रुपमा भारतबाट भन्सार छलिगरि ल्याएको चिनी, मिश्री, बिजुलीका सामान, खानेतेल, टावेल, ईलेट्रिक स्कुटर, मोटरसाइकलका सामान, अटोका सामान, हार्डबेयर, किराना लगायतका सामानहरु बरामद गरिएको प्रहरीले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार