कञ्चनपुर। दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।

शैल्यशिखर नगरपालिका–५ लेकगाउँकी ३९ वर्षीया दुर्गा रावलको मृत्यु भएको हो।

घरबाट घाँस काट्न गएकी रावल बेलुकी अबेरसम्म पनि घर नफर्किएपछि आफन्तले खोजी गरेका थिए।

प्रहरीका अनुसार स्थानीय साउनलोटे भिरबाट लडेर डेढ सय मिटर तल खसेको अवस्थामा ती महिलाको शव भेटिएको हो।