ब्राउन सुगरसहित बनगाउँका ३ युवक पक्राउ

प्रकाशित:

कञ्चनपुर। कैलालीमा लागुऔषध खैरो हेरोइनसहित तीन युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा टीकापुर नगरपालिका–१ बनगाउँका २३ वर्षीय शिवम थापामगर र २७ वर्षीय विकाश चौधरी छन्।

उनीहरुलाई टीकापुर नगरपालिका–९ खक्रौलास्थित प्रहरी चेक पोष्टबाट नियन्त्रणमा लिइएको हो।

भारतबाट नेपालतर्फ आइरहेका उनीहरुलाई खानतलासी गर्दा ७ ग्राम ५९० मिलिग्राम लागुऔषध खैरो हेरोइन फेला परेको थियो।

उनीहरुलाई सोधपुछ गर्दा टीकापुर नगरपालिका–१ का २७ वर्षीय विज्ञान शाहीले लागुऔषध खरिद गरी ल्याउन पठाएको खुलेको थियो। शाहीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार