लागुऔषध सेवन र बेचबिखनमा संलग्न दुई युवक पक्राउ

प्रकाशित:

कञ्चनपुर। कैलालीको लम्कीचुहा नगरपालिका–४ बलियामा लागुऔषधसहित दुई युवक पक्राउ परेका छन्।

लागुऔषध सेवन र बेचबिखन गरिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–४ बलियाका २० वर्षीय खेमराज जैशी र २२ वर्षीय धिरज चौधरी छन्।

उनीहरुको साथबाट ट्रमाडोल ८० वटा, ट्याब स्मापमिड २ सय ८ वटा र ट्याब एभिल १६ वटा फेला परेको प्रहरीले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार