कञ्चनपुुर। डडेल्धुरा दुई फरार प्रतिवादी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा आलिताल गाउँपालिका–१ का २९ वर्षीय श्याम बोहरा र परशुराम नगरपालिका–१ सलोनका ४० वर्षीय गगन बिक छन्।
बोहरालाई घरेलु हिंसा सम्बन्धी मुद्दामा जिल्ला अदालत डडेल्धुराले १५ दिन कैद सजाय र ७ हजार जरिवाना तथा १५ हजार क्षतिपुर्ती तोकेको थियो।
यस्तै, बिकलाई जबरजस्ती करणी उद्मोग मुद्दामा अदालतले ३० हजार जरिवाना तोकेको थियो।