कञ्चनपुर। कैलालीमा दुई पक्राउ प्रतिवादी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का २५ वर्षीय मोहनराज भट्ट र गोदावरी नगरपालिका–२ का ३५ वर्षीय तेजबहादुर खड्का छन्।
जिल्ला अदालत कैलालीले भट्टलाई ठगी मुद्दामा १ बर्ष कैद सजाय र ३० हजार जरिवाना तोकिएको थियो।
सजाय भुक्तान नगरी फरार रहेका उनलाई गोदावरी नगरपालिका–३ चौकीडाडाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यस्तै, खड्कालाई जिल्ला अदालतले लागुऔषध मुद्दामा २ महिना १० दिन कैद सजाय र १० हजार जरिवाना तोकेको थियो।