सरु क्षेत्रीको ‘कञ्चनपुर रानी तालैमा’ युट्युबमा

प्रकाशित:

कञ्चनपुर। कञ्चनपुरकी सञ्चारकर्मी एवम् गायिका सरु क्षेत्रीको ‘कञ्चनपुर रानी तालैमा’ बोलको गीत सार्वजनिक भएको छ।

शुक्रबार अछामी बड्डो नामक युटयुब च्यानलबाट उक्त गीत सार्वजनिक गरिएको हो।

कञ्चनपुरको पर्यटन प्रबर्द्धनसंगै पर्यटकीय क्षेत्रलाई समेटेर ‘कञ्चनपुर रानी तालैमा’ गीत तया्र पारिएको छ।

गायक खुमन अधिकारी र गायिका सरु क्षेत्रीको स्वर रहेको उक्त गितमा राजेन्द्र शाह बिपीको शब्द लेखन रहेको छ । गायक खुमन अधिकारीको कम्पोज र विनोद बाजुरेलीको एरेन्ज रहेको छ ।

उक्त गितमा कलाकार मासुम विष्ट र मनिषा सिंह ठकुरीको अभिनय रहेको छ भने, निर्देशनमा मासुम विष्ट आफैले गरेका छन् ।

शुक्लाफाँटामा रहेको रानीतालको प्रचार प्रसार गर्ने उदेश्यले गितमा उक्त शब्दको प्रयोग गरिएको गायिका सरु क्षेत्रीले बताएकी छन् ।

ताजा समाचार

सम्बन्धित समाचार