भिडिओ कलबाट प्रेमिकाको अश्लील अंग खिचेर जब आफन्तलाई पठाइयो…

प्रकाशित:

काठमाडौँ। सामाजिक सञ्जालबाट युवतीको चरित्र हत्या गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले एक पुरुषलाई पक्राउ गरेको छ।

सामाजिक सञ्जालबाट प्रेम प्रस्ताव राख्दै भिडिओ कल गर्ने क्रममा अश्लील अंग देखाउन लगाएर रेकर्ड गरी आफू र आफन्तलाई समेत पठाई अपमान र बेइज्जत गरेको भनी पीडित युवतीले साइब ब्युरोमा निवेदन दिएकी थिइन्।

सो आधारमा अनुसन्धान तथा प्राविधिक विश्लेषण गर्दा उक्त कार्य गर्ने नुवाकोटको शिवपुरी गाउँपालिका-१ बस्ने ३८ वर्षीय सुरेन्द्र केसी भएको पत्ता लागेपछि ब्युरोको टोलीले उनलाई मंसिर १२ गते पक्राउ गरेको हो।

उनीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद लिई अनुसन्धान भइरहेको ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए।

ताजा समाचार

सम्बन्धित समाचार