कञ्चनपुर। कञ्चनपुरमा ६ लाख ४९ हजार ५ सय ३० रुपैयाँको अवैध सामान बरामद गरिएको छ।
भीमदत्त नगरपालिका–४ मदनचोक, भीमदत्त नगरपालिका–१० र बेलौरी नगरपालिका–२ बैजुडाडाबाट उक्त रकम बराबरको अवैध सामान बरामद गरिएको प्रहरीले जनाएको छ।
अवैध रुपमा भारतबाट भन्सार छलिगरि ल्याएका चिनी, मिश्री, मौदा, कुरकुरे, युरिया मल, मोबाईलका सामान, कपडा, धोती, माछा, प्लाष्टिक झिल्ली लगायतका सामान बरामद गरिएको हो।