कञ्चनपुर। कैलालीको भजनी नगरपालिका–३ मा लागुऔषध खैरो हेरोइनसहित दुई युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा टीकापुर नगरपालिका–३ शंकरपुरका २१ वर्षीय किसन विक र २९ वर्षीय लक्ष्मी प्रसाद चौलागाइ छन्।
भारतबाट नेपाल तर्फ पैदल आउदै गरेको अवस्थामा उनीहरुको साथमा १४० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।