कञ्चनपुर। दार्चुलामा आगलागी हुँदा ७ लाखको बराबरको धनमाल क्षति भएको छ।
दुहँु गाउँपालिका–२ मन्तडका चक्रदत्त जोशीको घरमा खाना पकाउने क्रममा ग्याँस चुहावट भएर आगलागी भएको हो।
जोशीको घर दुहुँ गाउँपालिकाले भाडामा लिएर गाउपालिकाका कर्मचारीहरुले प्रयोग गर्दै आइरहेको छन्।
आगलागीले कोठामा रहेका खाद्यान्न, भाडाकुँडा, लत्ताकपडा, दराज, टेबुल, ग्याँस सिलिण्डर, ग्याँस चुलो लगायत अन्दाजी सात लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।