काठमाडौं । नेपालमा सुनको भाउ घटेको छ, जसको मुख्य कारण सरकारद्वारा भन्सार दर घटाउने निर्णय हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सोमबारदेखि सुनको भाउ प्रतितोला १५,९०० रुपैयाँ घटेर १ लाख ५१ हजार ३ सय रुपैयाँ भएको छ। यसअघि प्रतितोला सुनको भाउ १ लाख ६७ हजार २ सय रुपैयाँ थियो।
सरकारले सुनको भन्सार दरलाई २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा ल्याउने निर्णय गरेको छ।
भारतबाट सुन तस्करी भएर नेपालमा नआओस् भन्ने उद्देश्यले दर घटाउने निर्णय भएको हो,भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीले भने सरकारले बजेटमार्फत १५ प्रतिशत रहेका भन्सार दर २० पुर्याएको थियो ।
उता, भारतमा भने पूर्ण बजेट आउँदा भन्सार दर घटेको थियो । त्यसले नेपालमा सुन महँगो र भारतमा सस्तो हुन पुगेको थियो । यसले बजारमा तस्करीको सुन आएको आशंका गरिएको छ । औपचारिक प्रणालीबाट आउने सुनको परिमाणमा भारी गिरावट देखिएको छ ।