बाजुरा । बाजुराको हिमाली गाउँपालिकाको बिच्छ्या युनामा रूखले च्यापेर एक जनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा हिमाली गाउँपालिका–३ युनाका ४३ वर्षीय सुपधन बुढा रहेका छन् । उक्त घटनामा परी स्थानीय ४८ वर्षीय सिदुपुरी रोकाया र ३० वर्षीय पर्मलाल सुनार गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनकबहदाुर बोहराले जानकारी दिए ।
युनास्थित कादुरी जलविद्युत् आयोजनाको लाइन विस्तारका लागि सल्लाको रूख काट्ने क्रममा रूख ढलेपछि च्यापिएर बुढाको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक बोहराले बताए ।