कम्बोडियामा सभामुख घिमिरेको संसदीय भेटघाट

प्रकाशित:

काठमाडौँ ।  पाँच दिने कम्बोडिया भ्रमणमा रहेका सभामुख देवराज घिमिरेले संसदीय भेटघाट सुरु गरेका छन् । सभामुख घिमिरेले शनिबार साँझ कम्बोडियन समकक्षी तल्लो सदन नेसनल एसेम्ब्लीका अध्यक्षसँग शिष्टाचार भेट गरेका थिए ।

सभामुखको सचिवालयका अनुसार भेटमा द्विपक्षीय हित, नेपालको शान्ति प्रक्रियाको प्रगति, संसदीय आदान प्रदान लगायतका विषयमा छलफल भएको छ ।सभामुख घिमिरेले शनिबार कम्बोडियाको राष्ट्रिय सभाका अध्यक्ष सम्देच मोहा रथसपिथिका थिपादेई खुऔन सुदारीसँग भेट गरेका थिए ।

भेटमा सभामुखले सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११ औं पूर्ण सत्रको आयोजना गरी आमन्त्रण गरेकोमा धन्यवाद दिएका थिए ।सभामुख घिमिरेले भेटमा नेपालको शान्ति प्रक्रियासँगै समावेशी र प्रगतिशील संरचना निर्माण भएको बताए ।

‘नेपालमा सन् २००६ मा विस्तृत शान्ति सम्झौता सम्झौताले स्थायित्व ल्याउनुका साथै संविधानसभाबाट संघीयता सहितको समावेशी र प्रगतिशील संरचना बनाउन महत्वपूर्ण योगदान पु¥याएको छ,’ सभामुख घिमिरेले भने ।
नेपालको शान्ति प्रक्रियामा प्राप्त गरेको सफलता र संसदबाट हालै संक्रमणकालीन न्याय सम्बन्धी कानून पारित गरेको भन्दै सभामुखलाई कम्बोडियन संसदले गार्ड अफ अनर दिएको छ ।

सभामुखले प्रधानमन्त्री मानेटको गतिशील नेतृत्वमा कम्बोडियाले सामाजिक–आर्थिक विकास गरेकोमा खुसी व्यक्त गरे । उनले भने, ‘विगत दशकहरूमा कम्बोडिया अधिराज्यले हासिल गरेको आर्थिक समृद्धिप्रति नेपाल सरकार, नेपालको संसद र नेपाली जनताले प्रशंसा गर्दछन् ।’

पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कम्बोडियाको राजधानी नोम पेन्ह पुग्नुभएका सभामुखले आज सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११ ‍औं पूर्ण सत्रमा सम्बोधन गर्ने कार्यक्रम छ । सभामुख आगामी मंसिर ११ गते मंगलबार स्वदेश फर्कनेछन् ।

ताजा समाचार

सम्बन्धित समाचार