महेन्द्रनगर बजारबाट ट्राफिकले नियन्त्रणमा लियो वडाध्यक्षले चलाउने सरकारी मोटरसाइकल

प्रकाशित:

कञ्चनपुर। महेन्द्रनगरको गल्ली नम्बर ४ बाट शनिबार साँझ सरकारी नम्बर प्लेटको मोटरसाइकल ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

बैतडीको डिलाशैनी गाउँपालिकाको सु.प.प्र. ०१०० ब. २०६२ नम्बरको मोटरसाइकल महेन्द्रनगर गल्ली न. ४ बाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो।

शनिबार साँझ अबेर सम्म सरकारी मोटरसाइकल बजारमा पार्किङ गरिराखेको अबस्थामा देखेपछि कञ्चनपुरका विद्यार्थी नेताहरुले प्रहरीलाई खबर गरेका थिए ।

उक्त मोटरसाइकल डिलाशैनी गाउँपालिका-५ का वडाध्यक्ष तथा गाउँ प्रवक्ता यज्ञराज भट्ट (यदु) को भएको नेकपा बहुमतका युवा नेता दिपेन्द्र सिंह ऐरीले बताए ।

उक्त मोटरसाइकल अहिले जिल्ला ट्राफिक प्रहरी कार्यालय कंचनपुरको नियन्त्रणमा रहेको बताइएको छ।

प्रहरीले नियन्त्रणमा लिएको सरकारी मोटरसाइकल मर्मतका लागि महेन्द्रनगर ल्याइएको हुँदा शनिबार बजारमा राखिएको वडाध्यक्ष भट्टले जिकिर गरेका छ्न । पालिकाबाट बुधबार नै मोटरसाइकल मर्मतका लागि कार्यादेश भएको वडाध्यक्ष भट्टले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार