दार्चुलामा घरको छतबाट खसेर ३६ वर्षीय पुरुषको मृत्यु

प्रकाशित:

दार्चुला। महाकाली नगरपालिका–४ बङ्गाबगरस्थित आफ्नै घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ

मार्मा गाउँपालिका–५ गोल्फा स्थायी घर भई बङ्गाबगरमा बसोबास रहेका ३६ वर्षीय राजेन्द्र महताको शुक्रबार साँझ छतबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार छिमेकीको घरको छतबाट आफ्नै घरको छतमा फाल हाल्ने क्रममा खसेर उनको घटनास्थलमै मृत्यु भएको हो ।

घर तल महाकाली किनारतिरबाट बाढीले बाटो बगाएपछि छिमेकीको घरको छतबाट आफ्नो छतमा जाने क्रममा खसेर उनको घटनास्थलमै मृत्यु भएको दार्चुला प्रहरीका प्रवक्ता कान्तिराज जोशीले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार