दार्चुला। दार्चुलामा शौचालयको खाडल खन्ने क्रममा ढुंगामुनि च्यापिएर एक जना घाइते भएका छन्।
महाकाली नगरपालिका वडा नम्बर–५ मोहतीमा शनिवार शौचालयको खाडल खन्ने क्रममा ढुंगामुनी च्यापिएर ५० वर्षीय नरेन्द्र बडाल घाइते भएका हुन।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार घाइते बडाललाई उद्धार गरेर अहिले उपचारका लागि जिल्ला अस्पताल ल्याइएको छ।