डडेल्धुरामा ट्याक्टर दुर्घटना परेर गम्भीर घाइते भएका चालकको बाटोमै मृत्यु

प्रकाशित:

कञ्चनपुर। डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

आलिताल गाउँपालिका–२ डोबरास्थित सडकमा डोबराबाट धातडीतर्फ जाँदै गरेको सु.प.प्र. ०१–००२ त ६३८२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक सोही ठाउँका ३२ वर्षीय दल बहादुर बिष्टको मृत्यु भएको हो।

दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

ताजा समाचार

सम्बन्धित समाचार