कैलालीमा ब्राउन सुगरसहित पक्राउ परे १८ वर्षीय किशोर

प्रकाशित:

कञ्चनपुर। कैलालीमा लागुऔषध खैरो हेरोइनसहित एक किशोर पक्राउ परेका छन्।

वडा प्रहरी कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–३ त्रिनगर ब्यारेल नजिकबाट किशोरलाई पक्राउ गरेको छ।

डोटीको दिपायल सिलगढी नगरपालिका– ६ घर भई हाल कैलालीको धनगढी उपमहानगरपालिका– १ त्रिवेणीचोकमा कोठा गरी बस्ने १८ वर्षीय किशोरलाई ६०१ मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार