कञ्चनपुर। बझाङमा एक युवतीको सेती नदिमा बगेर ज्यान गएको छ।
छबिसपाथिभेरा गाउँपालिका–१ काप्रि गाउँकी २२ वर्षीया संगीता जोशीको सेती नदिमा बगेर ज्यान गएको हो ।
स्थानीय भाँडे बजार सामान पुर्याएर घर फर्किने क्रममा भण्डारीगाउँ नजिकै सेती नदिमा चिप्लिएर बग्दा संगीताको ज्यान गएको स्थानीयले बताएका छन् ।
संगीता घर फर्किने क्रममा दिशा गर्न जान्छु भनेर सेती नदि तिर गएको र त्यहीँ चिप्लिएर सेती नदिमा बगेकी थिइन् ।
उनलाई मृत अवस्थामा बगेको ठाउँबाट करिब ५ सय मिटर तल भाँडे बजार झोलुङ्गे पुल नजिकै उद्दार गरिएको थियोे ।