कञ्चनपुर। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकी सुलोचना भण्डारी बुढाले उम्मेदवारी दर्ता गराएकी छिन्।
आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर बुढाले उम्मेदवारी दर्ता गराएकी हुन।
०७९ को स्थानीय तह चुनावमा उपाध्यक्षमा निर्वाचित मैना जोशीको ०८० माघ ३ मा निधन भएपछि स्वामीकार्तिक खापरमा उपाध्यक्ष पद रिक्त छ। मंसिर १६ गते त्यहाँ उपचुनाव हुँदैछ।