कञ्चनपुर। बैतडीमा लागुऔषध चरेशसहित एक जना पक्राउ परेका छन्।
शनिबार बेलुका प्रहरी चौकी गोकुलेश्वर, बैतडीबाट खटिएको प्रहरी टोलीले दोगडाकेदार गाउँपालिका–६ पञ्जुनयाँका ४० वर्षीय तारा सिह कार्की पक्राउ गरेको हो।
उनले मासु पसलमा लुकाई छिपाई राखेको अवस्थामा २५ ग्राम चरेश बरामद गरिएको प्रहरीले जनाएको छ।