काठमाडौं। अनलाइनमा बालयौन दुर्व्यवहारको सामग्री प्रसारण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
साइबर ब्युरोले नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम० प्रतापुर गाउँपालिका-७ बस्ने २४ वर्षीय अमनप्रताप हरिजनलाई पक्राउ गरेको एसपी दिपकराज अवस्थीले जानकारी दिए।
उनलाई जिल्ला प्रहरी कार्यालय नवलपरासीको सहयोगमा बिहीबार पक्राउ गरी काठमाडौं ल्याइएको हो। विद्युतीय माध्यमबाट बालयौन दुर्व्यवहारको सामग्री प्रसारण भएको थियो।
उक्त भिडिओ प्रसारण भएको पाएपछि ब्युरोले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानकै क्रममा हरिजन रहेको पत्ता लागेपछि प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंबाट पाँच दिन हिरासतमा राख्न अनुमति लिएको छ।