कञ्चनपुर। कैलालीमा साथीकाे प्रेमिकामाथि जबरजस्तीकरणी गरेकाे आराेपमा एक युवक पक्राउ परेका हुन् ।
कैलारी गाउँपालिका-९ गदरिया डिगा भनिने २४ वर्षीय रनबिर रानालाई जबरजस्तीकरणी गरेकाे आराेपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयकाअनुसार साेही ठाउँ बस्ने १६ वर्षीया धनगढी-४९ लाई जबरजस्तीकरणी गरेकाे किटानी जाहेरीका आधारमा रानालाई पक्राउ गरिएको हाे ।
ती किशोरी उनकै मिल्ने साथीकाे प्रेमिका भएकाे पाइएको प्रहरीले जनाएको छ ।
युवतीकाे प्रेमी फाेटाे देखाएका आधारमा ती युवकले युवतीलाई फेसबुकमा साथी बनाएका थिए ।
उनीहरू दुवै जनाबीच फेसबुकबाटै चिनजान भएकाे खुलेकाे प्रहरीकाे भनाइ छ ।
२४ कात्तिककाे राति किशाेरीलाई उनकाे घर नजिकैकाे खेतबारी बाेलाएर जबरजस्तीकरणी गरेका थिए ।
किशोरी चिच्याएपछि स्थानीयले घटनाबारे थाहा पाएका थिए । उक्त घटना गाउँमै मिलाउने प्रयास समेत भएकाे थियो तर पीडित पक्षले नमान्दा प्रहरीसम्म पुगेकाे जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।