कञ्चनपुर। बैतडीमा जेठानीले चिपर्ट प्रहार गर्दा देउरानीको मृत्यु भएको छ।
जिल्लाको डिलाशैनी गाउँपालिका–२ छेपट्टा डुङ्रीकी २३ वर्षीया सुनिता बोहराको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बलराम पाण्डेयका अनुसार सोमबार बेलुकी ८ बजे घरायसी विवादमा जेठानीले प्रहार गरेको चिपर्ट लागेर देउरानीको मृत्यु भएको छ।
चिपर्ट प्रहार गर्ने जेठानी ३० वर्षीया दिपा बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
विवाद हुँदा जेठानी दिपाले देउरानी सुनिताको टाउको काठको चिर्पट प्रहार गरेकी थिइन्।
अहिले घटनास्थलको काम भइरहेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।