कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ कटानमा लागुऔषधसहित ५ जना पक्राउ परेका छन्।
लागुऔषध खैरो हेरोइन कारोबार गरिरहेका भीमदत्त नगरपालिका–१८ का ३१ वर्षीय घनश्याम उराउ र ४ जना किशोर–किशोरी पक्राउ परेका हुन।
उनीहरुको साथबाट १.३४ ग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।