बसन्तपुरमा मोटर चलाएर हात धुने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

प्रकाशित:

कञ्चनपुर। कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

गोदावरी नगरपालिका–१ बसन्तपुरकी ३८ वर्षीया जगुदेवी बोहराको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार विद्युतीय मोटर चलाएर हात धुने क्रममा मोटरबाट करेन्ट लागेर बोहरा गम्भीर घाइते भएकी थिइन्।

उनको पदमा अस्पताल अत्तरिया हुँदै सेती प्रादेशिक अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार