कञ्चनपुर। कञ्चनपुरका विभिन्न स्थानबाट ४ लाख २५ हजार ९ सय ८० रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको छ।
![](https://nigaranikhabar.com/wp-content/uploads/2024/01/961aos.gif)
भीमदत्त नगरपालिका–१० भन्सार कार्यालय नजिक, दोधारा चाँदनी–४ चाँदनी बजार र बेलौरी–६ बैशाखाबाट उक्त रकम बराबरको अवैध सामान बरामद गरिएको हो।
![](https://nigaranikhabar.com/wp-content/uploads/2024/01/NTNC-Kanchanpur-Notice.gif)
भारतबाट भन्सार छलिगरि ल्याएका सुर्ती, सुट कपडा, स्विटर, ज्याकेट, मुक्लर, कुर्ती, रुमाल, थान कपडा, मल, पोटास, कस्मेटिक र किरानाका सामान बरामद गरिएको प्रहरीले जनाएको छ।
![](https://nigaranikhabar.com/wp-content/uploads/2024/01/Mantra-Hospital-MNR.webp)