नेपाली कांग्रेसको ‘युवा संकल्प यात्रा’ आजदेखि सुरू भएको छ। यात्रा झापाको काँकडभिट्टाबाट सुरु हुनेछ र मंसिर ४ गते महाकालीमा समापन हुनेछ।
यस यात्रामा कांग्रेसले युवाहरूसँग प्रत्यक्ष संवाद गर्दै लोकतन्त्र, विधिको शासन, युवा हकहित र जनअधिकारका पक्षमा जनचेतना फैलाउने लक्ष्य राखेको छ।
कांग्रेसको भनाइमा, यो यात्रा रोजगारी, सुशासन र मूल्यवृद्धि नियन्त्रणका मुद्दामा प्रखर रूपमा आवाज उठाउने छ।
पार्टीको योजना अनुसार, सहकारीपीडितहरूको लागि राहत र बचत फिर्ता गराउने, सहकारी ठगको कारबाहीका लागि दबाव सिर्जना गर्ने र देशको समृद्धिका लागि युवालाई उद्यमशील बन्न प्रेरित गर्ने अभियान हुनेछ।