पुनर्वासमा कार्तिक २३ देखि वडाध्यक्ष कप फुटबल, सम्पूर्ण तयारी पूरा

प्रकाशित:

कञ्चनपुर । कञ्चनपुरको पुनर्वासमा जिल्ला निर्वाचन क्षेत्र नं. १ स्तरीय अन्तर क्लब पुरुष फुटबल प्रतियोगिता-२०८१ वडा अध्यक्ष कपको सम्पुर्ण तयारी पूरा भएको छ।

आयोजकले पत्रकार सम्मेलनको आयोजना गर्दै खेलकुदको सम्पुर्ण तयारी पूरा भएको जानकारी दिएका छन्।

पुनर्वास नगरपालिका वडा नं ६ को सभाहलमा आयोजित पत्रकार सम्मेलनमा खेलकुद हाम्रो सान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान” भन्ने मूल नाराका साथ त्रिभुवन युवा क्लबको घरेलु खेलमैदानमा यही कार्तिक २३ गतेदेखि निर्वाचन क्षेत्र नं. १ स्तरीय अन्तर क्लब पुरुष फुटबल प्रतियोगिता-२०८१ वडा अध्यक्ष कप हुने जानकारी दिएका हुन् ।

पुनर्वास नगरपालिका वडा नम्बर ६ को बार्षिक कार्यतालिका अनुसार वडा कार्यालयको प्रवर्द्धन र त्रिभुवन युवा क्लबको आयोजनामा “जिल्ला निर्वाचन क्षेत्र नं. १ स्तरीय अन्तर क्लब पुरुष फुटबल प्रतियोगिता-२०८१ वडा अध्यक्ष कप हुन लागेको त्रिभुवन युवा क्लब का अध्यक्ष जित बहादुर तामाङले जानकारी दिए।

उनले यस खेलको आयोजनासँगै आगामी दिनमा फुटबल खेलको विकासका लागि खेलप्रति आकर्षण बढाउन र स्थानीय तहमा युवाहरूको सक्रियता जनाउन “निर्वाचन क्षेत्र नं. १ स्तरीय अन्तर क्लब पुरुष फुटबल प्रतियोगिता-२०८१ वडा अध्यक्ष कप सञ्चालन गर्न लागेको बताए।

यसैगरी फुटबलमा नै समर्पण गरी आफ्नो जीवन बिताइरहेका खेलाडीहरूका लागि खेलको माध्यमबाट स्वस्थ राख्ने तथा सामाजिक विकृति हटाउने उद्देश्यका साथ वडाले खेलकुद मा बजेट छुट्याएको वडाध्यक्ष मित्र सिंह लामाले बताए।

उनले बिकास बाटो घाटो ,भवन निर्माण , शिक्षा स्वास्थ्य मात्र नभई यस सगसगै बर्तमान अवस्थामा स्वस्थ रहनका लागि घर भित्रै अनावश्यक ईन्टरनेटको कुलतमा लागेका युवाहरूलाई फ्रि फाईर पपजी जस्ता खेलहरूबाट बाहिर निकाल्न र शारिरिक तन्दुरुस्तका लागि खेलकुद अनिवार्य रहेको औल्याए।

उनले खेलकुदको विकासका निम्ति सही ठाउँ सही समय अवलम्बन गर्नु पर्ने र खेलकुदमा रुचि भएकाहरूलाई सानैदेखि प्रशिक्षण दिए अवश्य पनि लगानी खेर नजाने बताए।

त्यसै गरी मन्तव्यको क्रममा उधोग वाणिज्य सङ्घका अध्यक्ष राजकुमार रायमाझीले ग्रामीण क्षेत्रको खेलकुद विकास र खेलाडी उत्पादनका लागि प्रतियोगिता आयोजना गर्न लागेकोमा आयोजक लाई धन्यवाद दिँदै कञ्चनपुरको दक्षिणी भेग फुटबल खेलाडीको हब रहेको बताए।

उनले कञ्चनपुरमा राष्ट्रिय स्तरको खेलाडी उत्पादनमा दक्षिणी क्षेत्रको ठुलो भूमिका रहेको जिकिर गरे।

उनले पुनर्वासमा खेलकुदको क्रेज भएकै कारण गाउँ गाउँमा विभिन्न प्रतियोगिताहरू हुँदै आएको बताए।

मन्तव्यको क्रममा अध्यक्ष रायमाझीले स्थानीय स्तरबाट राष्ट्रिय स्तरको खेलाडी उत्पादनमा सदैव उधोग वाणिज्य संघ सकारात्मक रहेको र खेलकुदको विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गरे।

जिल्ला निर्वाचन क्षेत्र नं. १ स्तरीय अन्तर क्लब पुरुष फुटबल प्रतियोगिता-२०८१ वडा अध्यक्ष कप बिगत बर्षहरुमा निर्वाचन क्षेत्र नं. १ स्तरीय गरिदै आएकोमा यस बर्ष देखि अन्तर क्लब पुरुष फुटबल प्रतियोगिता-२०८१ वडा अध्यक्ष कप गर्न लागिएको कलाका सचिव भरत बोहोराले जानकारी दिए।

सचिव बोहोराले खेलमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गतका २२ टिमको सहभागिता रहेको बताए।

उनले पत्रकार सम्मेलन मार्फत प्रतियोगिताको विजेता हुने टिमले नगद १ लाख ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने दोस्रो हुने टिमले नगद ५५ हजर रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउने जानकारी दिए।

यस्तै, व्यक्तिगत विधामा समेत आकर्षक पुरस्कार दिइने र उक्त ब्यक्तिगत बिधा तर्फ उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता लाई नगद पुरस्कार,मेडल र प्रमाणपत्र प्रदान गरिने सचिव भरत बोहोराले जानकारी दिए।

प्रतियोगिताका खेलहरू विश्व फुटबल महासङ्घ फिफाद्वारा पारित नियम अनुसार खेलाइने आयोजकले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार