बैतडी । खर खान लागेको बोलाई धपाउन खोज्दा बैतडीमा पावर्ती भट्टको मृत्यु भएको छ।
बैतडीको सुर्नया गाउँपालिका–३ तडिगाँउकी ४५ वर्षीया पावर्तीको सोमवार दिउँसो स्थानीय दोसिर भन्ने भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
खर काट्न गएकी पार्वती छिमेकीको बोका खरबारीमा आएपछि धपाउनेक्रममा बोकाले हान्दा लडेर करिब ५ सय मिटर तल भिरमा खसेकी थिइन्।
बोकाले हानेर ५ सय मिटर तल खसेकी भट्टको घटनास्थलमै मृत्यु भएको जनाइएको छ । पावर्तीको घरमा श्रीमान, चार छोरा र चार छोरी छन्।