कञ्चनपुर। कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
धनगढी उपमहानगरपालिका–४ बसपार्कस्थित मोहन्याल गाउँपालिका–५ घर भएर हाल बसपार्क पछाडी जानकी होटल सञ्चालक ३८ वर्षीय अरुण बुढामगरको मृत्यु भएको हो।
होटलको कोठा भित्र विद्युतको लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए।
उपचारको लागि नवजीवन अस्पताल धनगढी लगिएकोमा चिकित्सकले जाँच गर्दा मृत घोषित गरेको प्रहरीले जनाएको छ।