बैतडीमा गुडिरहेको बसको टायरमुनि जब महिला परिन्…

प्रकाशित:

कञ्चनपुर। बैतडीमा गुडिरहेको बसको टायरमुनी एक महिला च्यापिँएकी छिन्।

पञ्चेश्वरबाट कञ्चनपुरतर्फ आइरहेको सुदूरपश्चिम प्रदेश ०२ ००१ ख १२४९ नम्बरको बसको टायरमुनी च्यापिएपछि पाटन नगरपालिका–८ धारी घर भएकी ३० वर्षीया सान्ती महरा घाइते भएकी छिन्।

किनमेलका लागि खोड्पे बजार पुगेकी महरालाई खोड्पे चौराहमा शुक्रबार दिउँसो करिब १ बजेको समयमा सो बसको टायरले किचेपछि महराको दुवै खुट्टामा गम्भीर चोट लागेको छ।

घाइते महरालाई उपचारको लागि डडेल्धुरा अस्पताल लगिएको छ। बस चालक मेलौली नगरपालिका–१ का बिरेन्द्र सिंह नायकलाई नियन्त्रणमा लिइएको छ।

ताजा समाचार

सम्बन्धित समाचार