देउवाको घरमा ठूलो जुवाखाल, पक्राउ परे २८ जुवाडे

प्रकाशित:

कञ्चनपुर। डडेल्धुरामा तास खेलिरहेका २८ जना जुवाडे ठूलो रकमसहित पक्राउ परेका छन्।

गन्यापधुरा गाउँपालिका–३ गोयलखेतमा तास खेलिरहेका २८ जनालाई प्रहरीले पक्राउ गरेको हो। स्थानीय ३२ वर्षीय दिपक देउवाको घरमा उनीहरु तास खेलिरहेका थिए।

देउवासहित २८ जनालाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनीहरुलाई ४ लाख ४१ हजार ८ सय ६९ रुपैयाँ र १६ गड्डी ताससहित पक्राउ गरिएको हो।

ताजा समाचार

सम्बन्धित समाचार