बैतडीमा खर काट्ने क्रममा भिरबाट लडेर महिलाको घटनास्थलमै मृत्यु

प्रकाशित:

बैतडी। बैतडीमा काटेको खर थुपार्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

दोगडाकेदार गाउँपालिका वडा नम्बर–६ सित्तड सलेना भुलगाउँकी ३२ वर्षीया देवकी भुलको बिहीबार  स्थानीय लेक भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको स्थानीय लोकेन्द्र गोयलाले बताए।

काटेको खर ओढारमा थुपार्नका लागि लैजाने क्रममा एक्कासी चिप्लेर भुलको मृत्यु भएको हो । उनी करीब एक सय मिटर तल खसेकी थिइन् ।

मृतक भुलको घरमा दुई नाबालक छोरा रहेका छन् । मृतक भुलका श्रीमान करन भुल रोजगारीको सिलसिलामा मलेसियमा छन्।

 

ताजा समाचार

सम्बन्धित समाचार